ओली समूहको असन्तुष्टिका बीच मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

९ फागुन ०७७, विराटनगर । प्रदेश १ को मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको हो ।

मुख्यमन्त्री शेरधन राईले आजको बैठकअघि सभामुखलाई पत्र पठाएको भए पनि सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखेका थिए । बैठकमा अविश्वास प्रस्ताव पेश हुने वित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।

अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •