भारतको प्रतिक्रिया : नेपालको विकसित घटनाक्रम आन्तरिक मामिला

१३ फागुन ०७७, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको पछिल्लो विकसित घटनालाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका छन् ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा श्रीवास्तवले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका हुन् ।

“केही महिनायताको नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट हेरिरहेका छौं” उनले भने, “२३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय हो ।”

भारतले यसअघि पनि नेपालको राजनीतिक घट्नाक्रमलाई नेपालको आन्तरिक मामिला बताएको थियो ।

  •  
  •  
  •  
  •  
  •