प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्नेहरुको संयुक्त सरकार – माधवकुमार नेपाल

१५ फागुन ०७७, काठमाडौं । नपाल कम्युष्निट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्नेहरु मिलेर संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् ।

शनिबार प्रचण्ड–माधव समूहका शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीसँग एकताको कुनै सम्भावना नरहेको भन्दै यस्तो बताएका हुन् ।

‘मैले भनेको छु बालुवा पेलेर तेल निस्किँदैन,’ उनले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् ।’

उनले ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सर्वोच्चको फैसलापछि केपी ओलीका मानिसहरु बेचैन बनेको बताए ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपनि अब ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि आफूहरुले कदम चाल्ने बताए ।

  •  
  •  
  •  
  •  
  •