अवहेलना मुद्दामा प्रचण्ड लिखित जवाफसहित सर्वोच्च पुगे

१६ फागुन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायुले सर्वोच्चमा अवहेलनासम्बन्धी उनीविरुद्ध दायर रिटमा अदालतले आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश जारी गरेको थियो ।

आइतबार सर्वोच्चमा लिखित जवाफ पेश गर्दै अध्यक्ष प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो अभिव्यक्तिले अदालतको अवहेलना हुनै नसक्ने बताएका छन् ।

ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्यणलाई सर्वोच्च अदालतले बदर गरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •