नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ ।

सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •