वायु प्रदूषणका कारण चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय

१६ चैत्र ०७७, काठमाडौं । वायु प्रदूषणका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयले प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

सबै शिक्षण संस्थाहरू चैत्र २२ गते आइतबारदेखि मात्र सञ्चालन हुनेछन् । तर सरकारको निर्णयप्रति सरोकारवाला निकायहरुले आफूहरुसँग छलफल नगरी शिक्षण संस्था बन्द गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

  •  
  •  
  •  
  •  
  •