काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल लिने

२० चैत्र ०७७, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल लिने निर्णय गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेकोे हाे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार
आफैँले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतबाट पुर्स्थापना गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा नदिएकाले बैठकले उनको राजीनामा माग गर्ने निर्णय गरेकोे हाे ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ले केही दिन अघिमात्र देउवालाई बुढानिलकण्ठमै भेटेर सरकार गठनको पहल लिन आग्रह गरेका थिए।

  •  
  •  
  •  
  •  
  •