रातो मछिन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने

२५ चैत्र ०७७, काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने भएको छ ।

गुठी संस्थान कार्यालय ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले वर्षा र सहकालका देवताका रुपमा पुजिने मछिन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय गरेको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर राखी स्वास्थ्य मापदण्ड पालना गर्दै २०७८ सालको मछिन्द्र्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको बताए ।

  •  
  •  
  •  
  •  
  •