एमाले अध्यक्ष ओलीलाई राजनीतिबाटै बाहिर पु-याउने प्रचण्डको चेतावनी

२३ असोज ०७८, नवलपरासी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पु-याउने चेतावनी दिएका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली आगोसँग खेलेकै कारण बालुवाटारबाट बालकोट पुगेका छन् । अब केही दिनभित्रै बाग्मती र प्रदेश १ मा एमाले प्रतिपक्षमा पुग्नेछ ।’

भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने बताउँदै उनले भने, ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं ।’

  •  
  •  
  •  
  •  
  •