भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

५ मंसिर ०७८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

नेकपा विभाजन भएपछि सुरुवाती अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध गरेका तर पछिल्ला दिनमा ओलीकै बिकल्प नदेखेका नेताहरुका बीच आइतबार पत्रकार सम्मेलन गरेर रावलले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले अध्यक्ष ओलीलाई नेतृत्वमा दाबी नगर्न समेत आग्रह गरेका छन् ।

“उहाँ स्वयंमले केही समय पहिले नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा नदोहोरिने घोषणा गर्नुभएको थियो,” रावलले भनेका छन्, “अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।”

  •  
  •  
  •  
  •  
  •