एमाले अग्रगमनको वाधक रहेको बाबुराम भट्टराईको भनाई

१३ मंसिर ०७८, बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशले नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथल माग गरेको बताएका छन् ।

राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निराशा र अन्योलता छाएको भन्दै उनले देशमा नयाँ वैकल्पिक शक्ति चाहिएको बताए ।

आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एवं पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतका पार्टीहरूबीच ध्रुवीकरण गरेर वैकल्पिक पार्टी बनाउनुपर्नेमा जोड दिए ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट रुपान्तरणकारी परिवर्तनको अपेक्षा गर्न नसकिने भट्टराईले बताए । यद्यपि आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने बताए ।

नेकपा एमाले अग्रगमनको वाधक र नवफासीवादी शक्ति भएको उनको दाबी छ ।

  •  
  •  
  •  
  •  
  •