संसदको गतिरोध हटाउन माओवादी केन्द्रले पहल गर्ने

२८ मंसिर ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्रका एक सांसदले दिएको जानकारीअनुसार आज बस्ने संसद बैठकअघि बसेको बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको छ ।

  •  
  •  
  •  
  •  
  •