१४ पुस ०७८, काठमाडौं । मौसममा खराबी आएर भिजिबिलिटी कम भएको भन्दै बुधबार साँझ ४ बजेबाट आन्तरिक उडानहरु रद्द भएका छन् ।
बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् ।
खराब मौसमसँगै विमान स्थलहरुमा भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको हो ।