एक हजार ५४२ रिक्त पदका लागि झण्डै ३७ हजार आवेदन

१० माघ ०७८, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि झण्डै ३७ हजार आवेदन परेको जनाएको छ ।

आयोगले दिएको जानकारीअनुसार माघ ८ गतेसम्म मावि तहको शिक्षक पदको लागि आवेदन समयावधि तोकेकोमा ३६ हजार ५८२ जनाले आवेदन दिएका छन् ।

आयोगले मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका जनाएको छ । यस्तै निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्रावि तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन् । निमावि तहमा दोब्बर दस्तुरसहित १५ गतेसम्म आवेदन भर्न सकिने छ ।

प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ ।

आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।

  •  
  •  
  •  
  •  
  •