कोभिड-१९ का कारण स्थगित परीक्षा फागुनमा गर्ने त्रिविको तयारी

१७ माघ ०७८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड-१९ का कारण स्थगित परीक्षा फागुनमा गर्ने तयारी गरेको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दिएको जनाकारीअनुसार परीक्षा सञ्चालनको विषयमा छलफल भइरहेको छ भने २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको छ ।

‘बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौं,’ जोशीले भने, ‘आइतबार कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकाले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्नेछौं ।’

  •  
  •  
  •  
  •  
  •