कोरोना संक्रमण जोखिम बढ्दै गएपछि राहदानी वितरण स्थगित

४ माघ ०७८, काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ ।

उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ ।

विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरेको छ भने अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने पनि जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •