पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध : प्रधानमन्त्रीको पुत्ला दहन

१९ माघ ०७८, धनगढी । नेकपा एमाले निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।

बुधबार धनगढीमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपाल कैलालीले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो ।

उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि नाराबाजी पनि गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •