एमसीसीबारे संसदले निर्णय गर्न पाउनु पर्ने एमाले अध्यक्ष ओलीको भनाई

२८ माघ ०७८, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सभामुख अग्निप्रसाद सापकोटाले संसदमा पेश गर्नुपर्ने बताएका छन् ।

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले बताएका हुन् ।

सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको भन्दै उनले भने, ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन ।’

यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •