प्रदेश १ मा मन्त्रालय संख्या १३ पुग्यो

२३ माघ ०७८, विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएर मन्त्रालयहरुको संख्या १३ पु¥याएको छ ।

आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई मुख्यमन्त्री राजेन्द्र राईले चार वटा मन्त्रालय दिने तयारी गरेका थिए । तर नेपाली कांग्रेसले पाँच वटा पाउनुपर्ने दाबी नछाडेपछि मन्त्रालयको संख्या बढाएको हो ।

यद्यपि सरकारले मन्त्रालय विभाजन गरेको निर्णय औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

  •  
  •  
  •  
  •  
  •