८ फागुन ०७८, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल भएको छ ।
एमसीसी परियोजना टेबल हुँदा सत्तारुढ दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।
कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरेका थिए ।
माओवादी केन्द्रका नेता कृष्णहादुर महरा, गिरिराजमणि पोखरेल लगाउत केही सांसदले उठेर विरोध गरेका थिए ।
एकीकृत समाजवादीका सांसदहरुको अवस्था पनि त्यस्तै रह्यो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले नाराबाजी गरे ।