कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

४ फागुन ०७८, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा एमाले सहभागी भएको छैन ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बोलाएका थिए ।

संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।

  •  
  •  
  •  
  •  
  •