१० फागुन ०७८, काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको छ ।
यद्यपि, २४ कात्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।