युक्रेनको राजधानी किभमा विष्फोट

१३ फागुन ०७८, काठमाडौं । युक्रेनको राजधानी किभमा निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।

युक्रेनका सरकारी अधिकारीहरूका अनुसार दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •