लुम्बिनी प्रदेशकी कृषिमन्त्री सांसदबाट पदमुक्त

११ फागुन ०७८, काठमाडौं । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी छन् ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको तारिख गुजारेका कारण उनलाईर् पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको हो । अब उनी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँछिन् ।

अन्तरिम आदेशमार्फत सांसद पद व्युँतिएपछि सांसद रायमाझी जनता समाजवादी दलमा क्रियाशील थिइन् । तर सर्वोच्च अदालतमा नियमित रुपमा लिनुपर्ने तारिख गुजारेपछि मुद्दा नै तामेलीमा पठाउने आदेश भयो ।

मुद्दा तामेलीमा पठाउनु भनेको खारेज हुनु सरह हो ।

 

  •  
  •  
  •  
  •  
  •