३ चैत्र ०७८, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता २०७८ जारी गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता २०७८ जारी गरेको हो ।
आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकाय, संवैधानिक निकाय, उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, सार्वजनिक संगठन, पर्यवेक्षकलाई मात्र होइन, गैरसरकारी तथा निजी संस्था र दातृ निकायलाई पनि लागू हुने आचारसंहितामा उल्लेख छ ।
३० बैशाखमा हुने निर्वाचनका लागि १० बैशाखमा उम्मेदवारी दर्ता हुनेछ । दाबी, विरोध र फिर्ताको समय दिएर १५ बैशाखसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्यसपछि २८ बैशाखसम्म उम्मेदवारले चुनावी प्रचार गर्न पाउने छन् ।
आयोगका अधिकारीहरुकाअनुसार चैतको तेस्रो हप्तादेखि आचारसंहिता लागू हुनेछ ।