मतपत्रमा छपाइ हुने चिह्न : हरियो, सरियो हुँदैन – केपी शर्मा ओली

२४ फागुन ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् ।

आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय भएको उल्लेख गरेको थियो । तर ओलीले उक्त निर्णयको विरोध गर्दै भनेका छन्, ‘हरियो, सरियो हुँदैन ।’

‘धार्मिक हिसाबले राख्ने हो ? कि के हिसाबले हरियो चिह्न राख्ने ?’ नेपाली कांग्रेसको चुनाव चिह्नतिर इंगित गर्दै ओलीले भने, ‘अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ?’

  •  
  •  
  •  
  •  
  •