१ चैत्र ०७८, काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र राष्ट्रपति भण्डारीबीच मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।