वायुसेवा निगमले पायो साउदी अरेबिया उडान अनुमति

२२ फागुन ०७८, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको  जानकारी दिएकी हुन् ।

साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ ।

  •  
  •  
  •  
  •  
  •