व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने

२ चैत्र ०७८, काठमाडौं । सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने बताएका हुन् ।

सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनु पर्ने बताउँदै उनले भने, “जसले म मिडिया हो भनेर भनेर क्लेम गर्छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ ।”

अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको सचिव अर्यालले बताए ।

  •  
  •  
  •  
  •  
  •