व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन

१५ फागुन ०७८, काठमाडौं । प्रतिनिधि सभाले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

  •  
  •  
  •  
  •  
  •