स्थानीयले बन्द गराए सातदोबाटो-चापागाउँ सडक

८ चैत ०७८, काठमाडौं । ललितपुरको सातदोबाटो-चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् ।

पक्की सडकखण्ड बिग्रिएर धुलो उडेको भन्दै स्थानीयहरु भेला भएर सडक बन्द गराएका हुन् ।

ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । यस सडकखण्डमा घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीय पीडित बनेका छन् ।

  •  
  •  
  •  
  •  
  •