एमालेलाई गुल्मीमा एकीकृत समाजवादीले पराजित गर्ने

१२ चैत ०७८, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमालेलाई गुल्मीमा आफ्नो पार्टीले पराजित गर्ने बताएका छन् ।

जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई गुल्मीमा पराजित गर्ने बताएका हुन् ।

एमालेमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको बताउँदै उनले भने, ‘जसरी राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका थियौं, अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडि बढनेछौं ।’

  •  
  •  
  •  
  •  
  •