एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

१८ चैत ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ ।

नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएकोे राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •