६ बैशाख ०७९, काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको भन्दै नेता पौडेलले भने, ‘गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो ।’
उनले गठबन्धन नेपालको परिवर्तन र अग्रगामी रुपान्तरणका लागि भएको पनि बताए ।