२ बैशाख ०७९, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।
केन्द्रीय सदस्य नैनसिंह महरले शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको जानकारी दिए ।