७ बैशाख ०७९, काठमाडौं । सत्तारुढ दलको पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा प्रमुख र उपप्रमुख लिने भागवण्डामा लिखित सहमति गरेका छन् ।
बुधबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन (नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) को बैठकले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख लिने लिखित सहमति गरेको हो ।