राप्रपा, परिवार दल र जनमोर्चाको असन्तुष्ट समूहसँग तालमेल गर्न एमालेको निर्देशन

७ बैशाख ०७९, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता भएको छ ।

बुधबार एमाले कार्यालयमा भएको भेटपछि परिवार दलका महामन्त्री सन्तोष पौडेलले परिवार दल जहाँ बलियो छ, त्यहाँ उम्मेदवारी दिन एमालेलाई आग्रह गरेको बताए ।

एमालेले परिवार दलसँग भएको छलफलपछि  तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।

जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई बुधबार महासचिव शंकर पोखरेलले पठाएको पत्रमा राप्रपा नेपाल, नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिएको छ ।

एमालेले गत चैत ३० ती दलसँग चुनाबी तालमेल गरेको थियो । यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले भनेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्य जितेको थियो ।

  •  
  •  
  •  
  •  
  •