प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित !

१२ असार ०७९, काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आइतबारको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा एमाले सांसद झपट रावलले गणपूरक संख्या नपुगेको प्रश्न उठाएपछि बैठक स्थगित भएको हो ।

संसदमा निर्णयार्थ प्रस्ताव पेश गर्दा कुल सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित हुनुपर्नेमा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो ।

संविधानको व्यवस्थाअनुसार कुल सदस्य संख्याको एक चौथाइ सदस्य कम्तिमा ६९ जना उपस्थित हुनुपर्ने थियो । तर, बैठकमा सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या एकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •