नेपाल एसपीपीमा सहभागी नहुने, अमेरिकी सरकारलाई पत्रचार !

१३ असार ०७९, काठमाडौं । नेपाल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने पत्राचार गरेको छ ।

मन्त्रिपरिषदको बैठकले लिएको निर्णयअनुसार नेपालले एसपीपीमा सहभागी नहुने निर्णय भनी पत्रचार गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार नेपाल एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले भने, ‘मन्त्रिपरिषदले स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन् भन्ने निर्णय गरेअनुसार त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी सरकारलाई पठाएका छौं ।’

२०७९ असार ६ गते बसेको मन्त्रिपरिषदको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने निर्णयको जानकारी गराउने निर्णय पनि गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •