१५ असार ०७९, तनहुँ । आज असार १५ अर्थात् धान दिवस । किसानहरु खेतमा धान रोपाइँ गरेर असार १५ मनाउँदैछन् ।
असार १५ लाई दही चिउरा खाने पर्वका रुपमा चिनिएता पनि किसानले मानो खाएर मुरी उब्जाउन खेतमा गर्ने भएकाले पनि धान दिवसका रुपमा मनाउन थालिएको हो ।
सहरबजार बस्ने र खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा रहेकाहरुले पनि आज दही च्यूरा खाएर असार १५ मनाउँछन् ।
नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा रहेको असार १५ लाई २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यस वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ १९औं राष्ट्रिय धान दिवस मनाइँदैछ ।