सिफारिस समितिमा पठाइयो प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग

२२ साउन ०७९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग आइतबार प्रतिनिधि सभाले सिफारिस समितिमा पठाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार महाअभियोग प्रस्तावमाथि छलफल गराएसँगै सिफारिस समितिमा पठाउन प्रस्ताव गरेका थिए भने संसदको बहुमतले पास गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध गत फागुन १ गते महाअभियोग दर्ता भएको थियो ।

  •  
  •  
  •  
  •  
  •