यातायात मजदुुर संगठनहरूकाे एकता भेला तथा घाेषणा सम्पन्न


२० माघ, काठमाडौं । गत जेठमा विभिन्न माअाेवादीबिच एकता भएर नेकपा माअाेवादी केन्द्र बनेकाे भए पनि यातायात मजदुुर संगठनहरूकाे एकता भेला तथा घाेषणा सभा बिहीबार मात्र सम्पन्न भएकाे छ ।

पूर्व एमाअाेवादी निकट अखिल नेपाल यातायात मजदुर संघ, बादल माअाेवादी निकट अखिल नेपाल कान्तिकारी यातायात मजदुर संघ, मातृका माअाेवादी निकट अखिल नेपाल यातायात मजदुर संघ कान्तिकारी र मणि माअाेवादी निकट अखिल नेपाल यातायात मजदुर विङले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी एकता घाेषणा गरेका हुन् ।

एकता भेलाले साेम तामाङकाे अध्यक्षतामा ३५१ सदस्यीय अखिल नेपाल यातायात मजदुर संघ गठन गरेकाे छ ।

संघमा उपाध्यक्ष २३, महासचिव १, उपमहासचिव २१, सचिव ३८ र काेषाध्यक्ष १ जना रहेका छन् ।

एकता भेला तथा घाेषणा सभाकाे उदघाटन माअाेवादी केन्द्रका कार्यालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्ज जयपुरी घर्तीले गरेकी थिइन ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्की, गणेश रेग्मी, साेनालाल साह, एस.बी.थापा मगर, महासचिव जगत सिंखडा लगायतका उपस्थिति रहेकाे थियाे ।

तपाइको मत