अंकुको पहलमा विभिन्न स्थानमा अलपत्र मजदुरहरु घर फर्किए

कैलाली जाने तयारी गर्दै कास्कीमा अलपत्र परेका मजदुरहरु । तस्बिर : अंकु गण्डकी

१९ चैत ०७६, कास्की । अखिल नेपाल निर्माण मजदुर संघको विशेष पहलमा विभिन्न स्थानमा अलपत्र परेका मजदुरहरुलाई घरतर्फ पठाइएको छ ।

लकडाउनका कारण घर फर्किन नपाई कास्कीमा अलपत्र परेका बर्दियाका १९ र कैलालीका १७ जना मजदुरहरुलाई अंकु गण्डकी प्रदेशले विशेष पहल गरेर सोमबार आ–आफ्नो गृह जिल्लातर्फ पठाएको हो ।

बर्दिया-कैलाली जान बसमा चढ्दै कास्कीमा अलपत्र परेका मजदुरहरु । तस्बिर : अंकु गण्डकी

गत शनिबार अंकु केन्द्रिय महासचिव रमेश सि.के., अ.ने.नि.म.स.प्र.उपाध्यक्ष अक्षय कुमार चौधरी र प्रदेश १ सचिव मोहम्द जहागिरको पहलमा दाङ जिल्लाका कार्यरत सुनसरी राम्धुनी नगरपालिका वडा नं ३ का १७ जना मजदुरहरुलाई पनि घरतर्फ पठाइएको अंकु महासचिव सि.के.ले जानकारी दिएका छन् ।

गृह जिल्ला सुनसरी जाने तयारी अवस्थामा रहेका दाङमा अलपत्र परेका निर्माण मजदुरहरू । तस्बिर : अंकु गण्डकी

यस्तै कास्की जिल्लामा रहेर निर्माण क्षेत्रमा काम गरेका तर अत्यवश्यक खाद्य सामाग्री नपाएर गुजारा चलाउन धौ–धौ परेका मजदुरहरुका लागि अन्टुफ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमको पहलमा अत्यावश्यक खाद्यान्न लगायत वस्तुहरु उपलब्ध गरिने समेत उनले बताए ।