अखिल नेपाल गलैँचा–गार्मेन्ट–टेक्सटायल मजदुर संघको अध्यक्ष चुनिए सोनाम घिसिङ

३१ भदौ ०७९, काठमाडौं । अखिल नेपाल गलैँचा-गार्मेन्ट-टेक्सटायल मजदुर संघको एकताको प्रथम राष्ट्रिय भेलाले सोनाम घिसिङको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलाबाट घिसिङको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरू गोमा लामा, केदार भण्डारी, भगवान सिटौला, विचारी खड्का, सुनमाया थामी रहेका छन् ।

यस्तै महासचिव रणेन्द्र सापकोटा, उपमहासचिव रवि तामाङ, सचिवहरू तुलसी राय यादव, पञ्चली तामाङ, गणेश लामा, हेमन्त राई, चन्द्र बहादुर नेपाली, कोषाध्यक्ष रामपुकार यादव भेलाबाट पदाधिकारीमा चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा भिम तामाङ, बिरेन्द्रकुमार श्रेष्ठ, भक्त मोक्तान, धुर्व थापा मगर, रवि राई, सुमन धिताल,फत्तेमान परियार, मदन मगर, श्रीकुमार ठाडा मगर, गणेश कुमार कटुवाल, होमबहादुर श्रेष्ठ, विजय मगर, संगीत तामाङ चयन भएका छन् ।

उक्त भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार शम्भुबहादुर अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्षद्वय धनबहादुर विक, एसबी थापा मगर, महासचिव शालिकराम काफ्ले, सचिव सोम तामाङ, अन्टुफ बागमतीका अध्यक्ष शिव पोखरेल लगायतको आतिथ्य रहेको थियोे ।

अखिल नेपाल गलैँचा–गार्मेन्ट–टेक्सटायल मजदुर संघको भेला आयोजक समितिका संयोजक सोनाम घिसिङले सो भेलाको अध्यक्षता गरेका थिए भने सञ्चालन विचारी खड्काले गरेका थिए ।