२० भदौं ०७५, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस गरिएको छ ।
बुधवार बसेको संवैधानिक परिषदकोे बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो ।
हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।
तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहक थिए ।













