अख्तियारले गलत समयमा कदम चाल्यो

५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले अदालतले  अख्तियार प्रमुखको नियुक्तिलाई लिएर प्रश्न चिन्ह खडा गरिरहेको वेला अख्तियारले नै लडाकू घोटाला काण्ड  उचालेर बार्गेनिङ गरेर गलत समयमा गलत कदम चालेको आरोप लगाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै, प्रधानमन्त्री भारत भ्रमणमा गएको बेला बेलुका पत्रकार सम्मेलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत समयमा गलत कदम चालेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणको कुरालाई लिएर भ्रमण सफल भएकोले एमाले आत्तिएर दुईपक्षीय सम्झौतालाई भाँड्न खोजेको आरोप समेत लगाए । उनले भने, ‘एमाले आत्तिएको छ, द्धिपक्षीय सम्बन्ध सुमधुर भएको छ, छिमेकीसँगको सम्बन्ध प्रगाढ भएकोमा कसैले दुःख मान्नुहुँदैन ।’

तपाइको मत