५ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय हो ।
यसअघि पूर्वएमालेका नेताहरुले सभामुख पद आफूहरुले पाउनु पर्ने अडान राखेसँगै पूर्वमाओवादी निकट नेताहरु पनि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख सबै कार्यकारी पद पूर्वएमालेबाट हुनु एकताको मर्म विपरीत हुने अडानमा रहेसँगै अन्नतः आज पूर्वमाओवादीका नेता अग्नी सापकोटालाई उम्मेदवार बनाइएको हो ।
नेकपाको यो निर्णयसँगै प्रतिनिधिसभामा नेकपाको बहुमत रहेकाले सापकोटा सभामुख बन्ने निश्चित भएको छ ।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटा नेकपाका अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिन्छ ।