१ भदौ ०७७, अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने एकै परिवारका चार जनाको नरहरिनाथ खोलाले बगाएर मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले नरहरिनाथ खोलाले बगाएर ३३ वर्षीया देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना बोहोरा, सात वर्षीय छोरा हेमन्त बोहरा र एक वर्षीया छोरी आकृति बोहराको मृत्यु भएको बताएको छ ।
प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा खोलाले बगाएर उनीहरुको मृत्यु भएको बताए ।
प्रहरीकाअनुसार अबिरल वर्षासँगै बाढी आएपछि खोलाको सतह बढेको बेला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको हो ।