अतिक्रमित संरचना हटाउन काठमाडौं महानगर र उपत्यका विकास प्राधिकरणको निर्देशन

१४ कार्तिक ०८२, काठमाडौं । जिल्लाका विभिन्न भू-भागमा जग्गा अतिक्रमण गरेर बनाइएका संरचना ७ दिनभित्र हटाउन काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्देशन दिएको छ ।

गत असोज २ गते काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणको संयुक्त बैठकको निर्णय आज सार्वजनिक गर्दै यी दुई निकायले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएएको हो ।

बालेन्द्र साह काठमाडौं महानगरको प्रमुख भएदेखि नै महानगरभित्र रहेका खोला किनारमा अतिक्रमण गरेर बसाइएका सुकुम्बासी बस्ती हटाउन प्रयास गरिरहेका छन् तर उनले बागमती नदी किनारका सुकुमबासी वस्ती लगायतका संरचना हटाउन सकेको छैन् ।