अदालतबाट जारी निर्देशनात्मक आदेशको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ – प्रधानन्यायाधीश जबरा

२५ मंसिर ०७७, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतबाट जारी भएका आदेशहरु सरकारले पालना गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले भने, “सर्वोच्च अदालतबाट नेपाल सरकारलगायत सम्बद्ध निकायहरूको नाउँमा जारी भएका निर्देशनात्मक आदेशहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ ।”

उनले कार्यक्रममा नागरिकका हक अधिकारका विषय अदालतमा प्रवेश गराई न्यायको प्राप्तिमा कानून व्यवसायीहरूले खेलेको भूमिकाको समेत प्रशंसा गरेका थिए ।